दमक/   झापाको दमकमा जिल्ला प्रशासनल कार्यालय झापाले जारी गरेको सूचना अनुसार निषेधाज्ञाको कार्यान्वयन नहुने भएको छ ।

नगर प्रमुख रोमनाथ ओलीका अनुसार दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको निर्णय अनुसार मात्र दमकको निषेधाज्ञा कार्यन्वयन हुनेछ । जिल्ला प्रशासन कार्यालय झापाले पुर्ण समय निषेधाज्ञा आदेश जारी गरेपछि दमकमा सिर्जना भएको अन्योललाई चिर्दै समितिले यस अघि गरेको निर्णयका आधारमा मात्रै दिउँसो १२ बजेदेखि विहान ७ बजेमात्र निषेधाज्ञा लागू हुनेछ । १२ बजेसम्म कोरोना संक्रमणका लागि उच्च जोखिम मानेका ब्यापार ब्यवसाय बाहेक अन्य ब्यापार ब्यवसाय एवं बित्तिय संसथाहरु खुला राख्ने निर्णय गरेको र त्यस बाहेक निषेधाज्ञा जारी गर्न प्रशासनलाई अनुरोध गरेको मेयर ओलीले बताए ।
प्रहरी तथा स्थानीय प्रशासनलाई नगरपालिकाको निर्णय बमोजिम कार्यन्वयन गर्नका लागि निर्देशन दिएको भन्ने जवाफ पाएको छु, – नगर प्रमुख ओलीले भने ।
उनले कोरोना संक्रमण समुदायमा देखिएको र कोरोना संक्रमण रोकथामका लागि सबै सचेत बन्न पनि उनले आग्रह गरेका छन् । ब्यापार ब्यवसाय गर्दा तथा बजार खोल्दा तोकिएको सावधानी अपनाउन र असुरक्षा पैदा हुने काम नगर्न म सबै नगरबासीसंग अनुरोध गर्दछु, –नगर प्रमुख ओलीले भनेका छन् ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत बन्दाबन्दी मात्रै कोरोना नियन्त्रणको उपाय नभएको भन्दै स्थानीयस्तरमा भएको निर्णय अनुसार बिहान ७ बजेदेखि १२ बजेसम्म निषेध गरिएका होटल, ब्यूटीपार्लर, सैलुन, पाटी प्यालेसबाहेक दैनिक उपभोग्य बस्तुका सबै व्यवसायहरु सतर्कता अपनाएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न आव्हान गरेका छन् । उनले भनेका छन– संक्रमण रहेको संबेदनशील क्षेत्र वरिपरि मात्र बन्द राखी बाकी ठाउँ सावधानी अपनाइ सुरक्षित रहि व्यपार व्यवसाय सञ्चालन गरिनु पर्दछ ।
उनले स्थानीय सरकार दमक नगर पालिकाले अर्को सूचना जारी नगरे सम्म अहिलेलाई २०७७ भाद्र १२ गतेको दमक नगर सम्यन्त्रको निर्णय बमोजिम जारी गरिएको सूचना अनुसार भाद्र २० गते सम्मका लागि यो निर्णय कार्यान्वयन गर्न गराउन अपिल गरेका हुन् ।

Facebook Comments Box