दमक/  झापाको दमक र कमलमा जिल्ला प्रशासन कार्यालयले आज रातीदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञा र स्थानीय सरकारले गरेको निर्णय आपसमा बाझेको छ । कोरोना संक्रमणबाट जोगाउन भन्दै यि दुई निकायले जारी गरेको सूचनामा बेमेल देखिएको हो ।

कमल गाउँपालिका वडा नं ३ का पृथ्वीध्वज डाँगीले भने–सूचना दुवै आधिकारिक होलान तर हामी नागरिकहरुले कुनलाई मानेर काम गर्ने ? कमल गाउँपालिकाको ३ नम्बर वडामा पर्ने केरखा बजारमा मात्रै केहि दिन यता निषेधाज्ञा रहेको र अन्य क्षेत्रमा हरेक दिन १२ बजे सम्म आवतजावत तथा व्यापार व्यवसाय खुल्ला रहँदै आएको छ । दमकमा पनि स्थानीय सरकारले आजदेखिनै दिउँसो १२ बजे सम्म बजार पसल खुल्ला राख्दै दिउँसो १२ बजेदेखि भने बन्द गर्ने निर्णय गरेको थियो । नगरपालिकाको सोही सम्बन्धिको सूचनाको पहिलो बुँदामा भने भाद्र १४ बिहान ६ बजेदेखि २० भाद्र राती १२ बजे सम्म निषेधाज्ञा कायम राख्ने उल्लेख छ । तर आज १२ बजेदेखि बजार पसल बन्द गरिएको थियो । जिल्ला प्रशासनले भने १४ भाद्र राती १२ बजेदेखि २० भाद्र राती १२ बजे सम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ । ( हेर्नुहोस दमक नपा र जिल्ला प्रशासनको सूचना)

 

 

 

Facebook Comments Box