दमक/ खाना पकाउने सिलिण्डर ग्याँस लिक हुँदा भएको आगलागीमा सात जना घाईते भएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुमरवानास्थित स्याउली बजारमा ग्याँस सिलिण्डर लिक भएर लागेको आगोले जलेर उनीहरु घाइते भएका हुन् ।
स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर लिक भएर आगो लाग्दा उनको परिवारका चारजनासहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा आगो लागेको बताइएको छ ।