दमक । झापाको दमक ५ स्थायी घर भई राप्रपा सम्बद्ध राप्रबि संघको केन्द्रिय सदस्य तथा बिदेश बिभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका किरण भण्डारी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । स्थानीय राजनीतिका साथै सामाजिक संघ सस्थाहरुमा समेत सक्रिय युवा ब्यक्तित्व भण्डारीसहित झन्डै ३ दर्जन नेता कार्यकर्ताहरु एकसाथ हिजो काङ्ग्रेसमा प्रवेश गरेका हुन । उनीहरूलाई नेपाली काङ्ग्रेसका प्रभावशाली मानिएका नेता कृष्ण सिटौला , केशव कुमार बुढाथोकी , जिल्ला सभापति उद्दब थापा लगायत नेताहरुले स्वागत गरेका छ्न । बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नवप्रवेशीहरुले आफुहरु आम नागरिकहरुको भावनाको प्रतिनिधित्व गर्दै बैचारिक रूपमा नै काङ्ग्रेसको सिद्धान्तलाई मन पराएर प्रवेश गरेको बताए ।

Facebook Comments Box