गौरादहमा भोलीदेखि लकडाउन

Author Nishkarsha News
२०७७ भाद्र ७, आईतवार १७:४५

दमक । झापाको गौरादहमा भोली सोमबारदेखि लकडाउन हुने भएको छ । नगरपालिकामा आज नगर प्रमुख रोहित कुमार साहको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले भाद्र २२ सम्म आंशिक लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण समुदायमै फैलिएको र आज मात्रै थप २ जनामा संक्रमण पुष्टि भएकाले सम्भावित जोखिम कम गर्न तरकारी तथा खाध्यन्न र बित्तीय सस्थाहरु आंशिक समय मात्रै खुल्ला राख्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए । निर्णय अनुसार अब गौरादहमा तरकारी तथा खाध्यन्नका पसल बिहान ९ बजे सम्म र बित्तीय सस्था १ बजे सम्म खुल्ला राख्ने बाकी समय सम्पुर्ण ब्यवसाय बन्द गरिने ओझाले बताए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्