दमक । दमकसगै जोडिएको कमल गाउँपालिकाले पनि आजदेखि एक साताका लागि गाउँपालिका क्षेत्र भित्र पुर्ण लकडाउन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँ कार्यापालिकाको बैठकको निर्णय अनुसार शनिबारदेखि मध्य रातीदेखी एक हप्ता अर्थात आउदो शनिबार राती १२ बजे सम्म पुर्ण लकडाउन गरिएको उल्लेख छ । औषधी, ग्यास र दूध डेरी पसलबाहेक सबै ब्यवसाय पुर्ण रूपमा बन्द गरिने उल्लेख छ। वडा कार्यलयको काम काज , क्वारेन्टाइन निर्माण बाहेक सबै निर्माण कार्य,  अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबैखाले सवारीसाधन समेत पुर्ण रूपमा बन्द गरिने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box