गाैरीगंज ४ भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा पनि भाेलीदेखि लागु हुनेगरी ५ दिन लकडाउन गरिएकाे छ । गाैरीगंज गाउँपालिकाकाे सिमानासंग जाेडिएकाे शिवसताक्षि नगरपालिका वार्ड नं. ४ मा काेराेना संक्रमित भेटिएपछि गाैरीगंज -१ मा लकडाउन गरिएकाे वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन् ।
वार्ड नं. १ मा भाेलीदेखि लागु हुने गरि भाद्र ५,,६,७,८ र ९ गते लकडाउन गरिएकाे हाे ।
शिवसताक्षि नगरपालिका वार्ड नं. ४ मा काेराेना संक्रमित व्यक्ति गाैरीगंजकाे वार्ड नं. १ मा पनि घुमफिर गरेकाे भेटिएकाे हुदाँ लकडाउन गरिएकाे जनाईएकाे छ । वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीकाे अध्यक्षतामा बैठक बसी ५ दिन वार्ड नं. १ लकडाउन गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।