दमक । इलाका ट्राफिक प्रहरी कार्यालय दमकको प्रमुख पदमा ट्राफिक प्रहरी नायब निरीक्षक लिला कुमार श्रेष्ठले जिम्मेवारी सम्हालेका छन । यस अघि इटहरीमा कार्यरत श्रेष्ठ सरुवा भइ आजदेखी दमकमा जिम्मेवारी सम्हालेका हुन् । दमकमा एक बर्स अघि दमकमा प्रमुखको जिम्मेवारी सम्हालेका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञ शर्मा अधिकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गएका छन । उनीहरुको बिदाइ तथा स्वागत कार्यक्रम दमकको यातायात तथा ट्राफिक ब्यवस्थापन एवं शहरी सुदृढीकरण समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षता र इलाका प्रशासन कार्यालय दमकका प्रशासकिय अधिकृत तिलोचन रिमालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा दमक उध्योग बाणिज्य संघका अध्यक्ष , ट्राफिक भवन निर्माण समितिका सदस्य शंकर बस्नेत , लिला दाहाल , मन्धरा पौडेल , धिरेन लावती , यातायात मजदुर नेता यज्ञ सुवेदी लगायतले बिदाइ तथा स्वागत गरेका थिए । कार्यक्रमको सन्चालन चन्द्र खत्रीले गरेका थिए ।