थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण ,मृतक १०४ जना

Author Nishkarsha News
२०७७ श्रावण ३२, आईतवार १६:४६

दमक/  नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्