दमक/एक जना सशस्त्र प्रहरी कोरोना संक्रमण पुष्टि हुनु अघि दमक – ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका लागि आएको जानकारी पाएपछि सिल गरिएको सो हस्पिटल आजबाट पुनः सञ्चालनमा आएको छ ।
ति संक्रमितसंगको सम्पर्कमा आएका भनिएका ८ जनाकै पीसीआर परिक्षणको रिपोर्ट नगेटिभ आएपछि हस्पिटल आजदेखि पुनः सञ्चालनमा आएको जनाइएको छ । हस्पिटलका तर्फबाट पठाइएका सबै जनाको कोरोना परीक्षणको रिपोर्ट नेगटिभ आएसँगै आजैदेखि इमर्जेन्सि सेवा खुला गरेको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताए । दमकका सबै अस्पतालहरुलाई ओपिडी सेवा भने तत्काल सूचारु नगर्न नगरपालिकाले निर्देशन गरिसकेको छ ।