मोरङ/ बिराटनगर महानगरपालिका–१४ मा रहेको पोखरीमा डुबेर १६ बर्षीय एक किशोरको मृत्यु भएको छ ।
आज बिहान सवा ९ बजे माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका बिराटनगर महानगरपालिका १५ का १६ बर्षीय बिशाल चौधरीको शब दिउँसो सवा १ बजे फेला परेको प्रहरीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।