दमक । दमक नगरपालिकाले आजदेखी घोषणा गरेको लकडाउनमा नगरबासीले साथ दिएका छ्न । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि नगरपालिकालाई विभिन्न माध्यमबाट मानिसहरुको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आईरहेकाबेला नगरपालिकाले आजदेखि दमकमा पुर्ण लकडाउन गरेको हो ।

नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, आपतकालीन औसधि लगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको थियो । लकडाउन कार्यन्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षानिकयको टोलिसहित सम्बन्धित सरकारी अधिकारीहरु निस्किसकेका छन ।                                        दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चियादोकान सहित बजार क्षेत्र बिहानैदेखि सुनसान प्रायः देखिएको छ । पुर्वपस्चीम राजमार्गमा भने आंशिक सवारीसाधन चलिरहेका देखिन्छ्न । बजार क्षेत्रमा पसलहरु ठप्प छन भने अत्यावश्यक सेवाका साधनहरु मात्रै चलिरहेका छन ।

दमक उध्योग बाणिज्य संघ आफैले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लक डाउन गर्न सुझाव दिदै पसल ब्यवसाय बन्द गर्ने हिजोनै निर्णय गरेबाट पनि दमकमा लकडाउनको कार्यन्वयनमा सहयोग पुग्ने बिश्वास गरिएको छ । नगरबासीहरुले दमकमा लकडाउन सगै कोरोना परिक्षणको दायरा बढाउनु पर्ने, बिरामीको उपचारका लागि आइसोलेसन कक्ष तथा कोभिड उपचार विशेष अस्पतालको ब्यवस्था गर्न माग गरेका छन । दमकमा हाल सम्म २१ जनामा संक्रमण पुष्टि भैसकेको छ भने १४ जना उपचार पछि निको भएर घर फर्किसकेका नगरपालिकाकि प्रबक्ता गीता अधिकारीले जानकारी दिइन ।

Facebook Comments Box