दमक । झापाको दमकमा आज शनिबार राती १२ बजेदेखि भाद्र ६ गते राती १२ बजेसम्म कडा लकडाउन हुने भएको छ । आज नगरपालिका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ । बैठकले लकडाउनका समयमा एम्बुलेन्स , सन्चारकर्मी सहित आपतकालिन सेवाका बाहेक सबै सवारीसाधन , बजार पसल आदि बन्द गर्ने निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । दुग्ध पसलबाहेक सबै पसल बन्द रहने उनले बताइन् ।