कमलमा गापा र वडा कार्यालयको सेवा बन्द

Author Nishkarsha News
२०७७ श्रावण ३०, शुक्रबार ०८:५३

दमक । झापाको कमल गाउँपालिका र सबै वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सेवा तत्कालका लागि बन्द गरिएको छ । गाउँपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गर्दै गाउँपालिका कार्यालयसगै रहेको क्यान्टीन संचालन गर्दै आएका ब्यक्तिहरु कोरोना सन्क्रमितको कन्ट्रायक ट्रेसिङमा परेकाले पीसीआर परीक्षण गर्नुपर्ने हुँदा अर्को सूचना जारी नहुन्जेल सम्म सेवा बन्द गर्न सर्कुलर गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा हस्ताक्षर गरि जारी गरिएको सर्कुलरमा सो सम्बन्धिको जानकारी वडाबासीमा वडा कार्यालयहरुलाई आफै गराउन पनि भनिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्