दमक । झापाको कमल गाउँपालिकामा होटेल तथा पर्यटन ब्यवसाय सन्चालन गर्दै आएका ब्यवसायीहरु सङठित भएका छन ।    आज लखनपुरमा आयोजित ब्यवसायीहरुको भेलाले ब्यवसायिक हकहितका लागि कुल बहादुर दाहालको अध्यक्षतामा गाउँ समिति गठन गर्दै संगठित भएका हुन ।

समितिको उपाध्यक्षमा सुरज कुमाल, सचिबमा दिवान राई, कोशाध्यक्ष्यमा बिपिन आचार्य , सदस्यहरुमा सन्तु लावती, कमला खरेल, सुमन राई, रेवत गुरुङ र शंकर श्रेष्ठ रहेका छन । त्यसैगरी सल्लाहकार समिति सम्योजकमा हुकुमसिंह राई र सदस्यहरुमा धर्मानन्द भट्टराई तथा बजार प्रतिनिधि देवि आङदेम्बे रहेका जनाइएको छ । सो अवसरमा होटल ब्यवसायी संघ दमकका अध्यक्ष राजन दङ्गाल सहित ब्यवसायी नेताहरूले शुभकामना दिएका थिए ।

Facebook Comments Box