दमक/झापाको दमक र कमल गाउँपालिकासंगै सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिकाको अध्यक्ष पदमा झिनो मतान्तरले पराजित भएका नेपाली कांग्रेसका प्रत्यासी तथा युवा नेता राजेन्द्र केरुङ यतिबेला गाउँपालिकाबासीको दुखसुखका सारथी बनेका छन् ।


केरुङ हिजो दमकको एडभान्स अस्पतालमा आईपुगे । उनी त्यहाँ आफ्नो गाउँपालिकाको वडा नं ६ साक्फाराबाट उपचारका लागि ल्याइएकी डम्बर कुमारी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न आईपुगेका हुन् । ति महिलालाई साक्फाराको फुङनामबाट उपचारका लागि दमक ल्याइएको हो । उनलाई विरामी परेपछि उपचारका लागि ल्याउने क्रममा प्रयोग गरिएको स्टेचर समेत बीच बाटोमै भाँचिएको नेता केरुङले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
गाउँमा सडकको जीर्ण अवस्थाका कारण एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन । त्यो सडक निर्माण तथा मर्मतमा राजयकोषको बजेट सहि सदुपयोग हुन नसक्दा एम्बुलेन्स समेत गुड्ने अवस्था नरहेको जनगुनासो छ ।

सामाजिक सञ्जाल मार्फत आफ्नो दैनिक सामाजिक तथा राजनीतिक गतिबिधिहरु बाहिर ल्याउने गरेका  नेता केरुङले चुलाचुलीको बाह्रगोठेमा २ महिला सहित १२ जनालाई अव्यवस्थित रुपमा राखिएको क्वारेन्टाइनमा समेत पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । क्वारेन्टाइन व्यवस्थापनमा रहेको यथार्थ अवस्था बुझेर गाउँपालिकाबासीलाई आ –आफ्नो गाउँटोलमा खर्च भईरहेको सरकारको बजेट सदुपयोग भए नभएको यथार्थ बुझेर खबर गर्न आग्रह गरेका छन् । उनले आफ्नो जनताको न्याय र विकासप्रतिको चाहनालाई पुरा गर्न आवश्यक निकायमा खबरदारीसहितको पहल गर्ने सार्वजनिक गरेका छन् । आफू प्राविधिक रुपमा निर्वाचन हारेको भए पनि जनताले आफ्नो गाउँ र विदेशबाट समेत गाउँपालिकाको बजेट विनियोजन अपरादर्शी रुपमा बाँडफाँड गरेको, बजेटको सदुपयोग हुन नसकेको , खोला नदीहरुको तटबन्धनमा लापरवाही गरेर बजेट दुरुपयोग गरेको, खेलमैदान निर्माणमा लापरवाही भएको, स्वास्थ्य चौकी निर्माणमा लापरवाही गरेको जस्ता गुनासो राखिरहेको उनले बताए ।
चुलाचुलीमा विपन्न तथा तथा मजदुरी गर्ने वर्गलाई स्थानीय सरकारले ५/१० केजी चामल वितरण गरेर स्थानीय सरकारले गर्व गर्ने गरेको तर अहिले सम्म उनीहरुको अवस्था र जिविकोपार्जनका लागि ठोस काम गर्न नसकेको, कृषि तथा व्यवसायिक क्षेत्रमा युवाहरुलाई आकर्षित गर्ने कार्यक्रमहरु नल्याएको, सरकारी अनुदान अपारदर्शी रुपमा आफ्ना नजिकका नातेदार र झोलेहरुलाई मात्रै वितरण गर्ने गरेकोले आम गाउँपालिकाबासी अन्यायमा परेकोले आफू न्यायका लागि नागरिकहरुको आवाजमा साथ दिदैं ठाउँ ठाउँमा पुग्ने गरेको केरुङले बताएका छन् ।

Facebook Comments Box