पाँचथर / सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ ।

दिँउसो १ बजे मध्य बजारस्थित होटल अजिमा र पाँचथर गेष्ट हाउसको छेउ स्थित फलफुल पसल रहेको एउटा घरवाट आगो शुरु भएको थियो ।

Facebook Comments Box