दमक । तीन दिन अघि जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका झापाको कमल ५ का रोहित रेग्मीको परिवारलाई सामाजिक सस्था पहिलो पाइला नेपाल दमक शाखाले आज नगद १० हजार एक सय २० रुपैयाँ सहयोग गरेको छ । सस्थाका सदस्यहरुले पीडित परिवारलाई राहत स्वरुप संकलन गरेको सो रकम आज शिवसताक्षी २ धरमपुरस्थित रेग्मीका आफन्तको घरमा पुगेर हस्तान्तरण गरेको हो । सस्थाका अध्यक्ष दिपक खडका, उपाध्यक्ष सुरेस बराल, सचिब मेघनाथ फुयाल , सल्लाहकार राजु खड्का लगायतको समुहले पीडित परिवारलाई भेटेर सो सहयोग रकम हस्तान्तरण गरेका हुन । अध्यक्ष खड्काले रेग्मी परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएको हुँदा सदस्यहरुले स्वतस्फूर्त रूपमा आफुहरुबाट संकलन गरेको सहयोग रकम काजकिरियामा सहयोग पुगोस भनेर हस्तान्तरण गरेको बताए ।

Facebook Comments Box