ताप्लेजुङ/ ताप्लेजुङमा तमोर नदीले बगाएर १५ बर्षियक एक किशोरलाई वेपत्ता बनाएको छ ।
जिल्लाको फक्तााङलुङ गाउँपालिका ४ का हर्क बहादुर लिम्बुका १५ बर्षीय छोरा शुक्रबिर लिम्बुलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शनिवार दिउँसो १२ बजे साथीहरुसंगै तमोर नदिमा पौडी खेल्न गएका उनी अचानक नदीले बगाउँदा बेपत्ता भएका हुन् । प्रहरी चौकी शिवाको प्रहरी टोली र स्थानीयबासीले उनको खोजी जारी राखेपनि अहिले सम्म भेट्न नसकेका बताइएको छ ।