दमक/पौड्याल वशोंद्धार दमक नगर समितिले यही जेठ २५ गते शनिबार ८५ बर्ष माथीका पौडेल बृद्धबृद्धाहरुलाई सामुहिक सम्मान तथा गोठपूजा आयोजना गरेको छ ।
दमक ७ स्थित पौड्याल वशोंद्धार केन्द्रिय समितिको निर्माणाधिन भवनमा उभौली पर्वको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा नगर भित्रका करिब एक दर्जन पौडेल बृद्धबृद्धाहरुलाई सम्मान गरिन लागेको हो । सबै पौड्याल बन्धुहरुले आआफ्नो घर तथा वरपर सम्पर्कमा रहेका पौडेल परिवारका ८५ बर्ष पुगेका वा सो भन्दा माथिको उमेर समुहका बृद्धबृद्धाहरुलाई अनिवार्य सहभागि गराउन पनि नगर समितिले आग्रह गरेको पौड्याल वंशोद्धार नगर समिति दमकका कार्यवाहक नगर अध्यक्ष बुद्धिमान पौडेलले जानकारी दिए । बन्धुहरुबीचको भातृत्वलाई अझ प्रगाढ बनाउँदै विभिन्न सामाजिक गतिबिधिहरुमा समेत समितिलाई सक्रिय बनाउने लक्ष्य रहेको नगर समितिका सचिव हरीकृष्ण पौडेलले बताए ।