दमक/ गौरीगञ्ज गाउँपालिकाको गाउँ सभाबाट हाल सम्म ७ वटा कानुन निर्माण गरिएका छन् ।
गाउँपालिकाको सभाबाट पारित भएका ति ऐनहरु कार्यान्वयनमा समेत आईसकेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।
पारित भएका ऐनहरुमा शिक्षा ऐन २०७५, पूर्वाधार व्यवस्थापन ऐन २०७५, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन २०७५ , सहकारी ऐन २०७५, गाउँ विपद न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५, न्यायीक समितिको उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा बनेको ऐन, २०७५ प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन २०७५ र स्थानिय तहको विनियोजन ऐन २०७५/७६ रहेका छन् ।
ति ऐनहरुको कार्यान्वयनका लागि आवश्यक पर्ने ६ वटा कार्यविधि समेत निर्माण गरिएका छन् । संविधानले निर्दिष्ट गरे अनुसार त्यस्ता ऐन तथा कार्यविधिहरु निर्माण गरिएका बताइएको छ ।
हाल सम्म पारित भएका कार्यविधिहरुमा उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७५ , सामुदायिक बिकास कोष स्थापना र संचालन कार्यविधि, २०७५ स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७५ , बालअधिकार संरक्षण तथा प्रवद्र्धन कार्यविधि २०७५, अपांगता भएका व्यक्तिको परिचयपत्र बितरण सम्बन्धी कार्यविधि, २०७५, घ वर्गको निर्माण व्यवसायी दर्ता सम्बन्धी कार्यविधि, २०७५ रहेका छन् । भने थप ५ वटा कार्यविधि निर्माणको चरणमा छन् । निर्माणाधिन थप ५ कार्यविधि समेत चालू आर्थिक बर्ष भित्रै बोर्ड बैठकबाट पारित गर्नका लागि छलफलका क्रममा रहेका प्रशासकिय अधिकृत शाक्यले बताए ।