दमक/आजदेखि चितवनको सौराहामा हुने इन्ट्रयाक क्लवहरुको तीनदिने देशव्यापी सम्मेलनमा दमक ८ स्थित झापा मोडल अंग्रेजी स्कुलका विद्यार्थीहरुको टोलीले सहभागिता जनाएको छ ।

विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठसहितको विद्यार्थीहरुको टोलीमा इन्ट्रयाक क्लवमा आवद्ध विद्यार्थीहरु सुभम राय,उषा न्यौपाने,रोजन अधिकारी,अश्ना दाहाल, कृतज्ञता थापा,प्रसिद्धी अर्याल, सेविका अधिकारी,आरोग्य भण्डारी र अमन जैसवाल रहेका छन् ।

देशभरिका इन्ट्रयाक क्लवहरुको सहभागिता रहेको तिनदिने राष्ट्रिय स्तरको उक्त भेलामा जेम्सको इन्ट्रयाक क्लवका तर्फवाट आफनो प्रतिवेदन प्रस्तुत हुने प्रिन्सीपल श्रेष्ठले जानकारी दिए । रोटरीका सेवामुखी कार्यलाई विद्यालयतह देखि नै ससक्त वनाउन यस्ता इन्ट्रयाक क्लवहरु गठन गरि आपसमा छलफल गर्ने गरिएको छ । त्यहाँ सहभागि इन्ट्रयाक क्लवहरु वीच अनुभव साटासाट गर्नुका साथै नेतृत्व विकास सम्बन्धी राष्ट्रिय स्तरको तालिम समेत सञ्चालन भईरहेको जनाइएको छ ।

Facebook Comments Box