वीरगञ्ज /  नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६० पुगेको छ ।  आज वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६० पुगेको हो । वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए । उनको हिजो मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

Facebook Comments Box