दमक/ झापाको दमकमा व्यवसायी प्रतिनिधिहरुलाई कर भ्याट, भिसिटिएस तथा लेखा सम्बन्धिको एक दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
दमक उद्योग वाणिज्य संघले जे कवी एण्ड एशोसिएसनसंगको सहयोगमा सञ्चालन गरेको प्रशिक्षणमा संघको कार्य समिति र विभिन्न वस्तुगत संघका प्रमुखहरु समेत करिब ३५ जना अगुवा व्यवसायीहरु सहभागी भएका संघका कार्यालय सचिव निरज विष्टले जानकारी दिए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले कोभिड १९ को प्रभावका कारण सबै व्यवसायीहरुलाई जम्मा गरेर यस सम्बन्धिको प्रशिक्षण दिन सम्भव नभएका कारण प्रतिनिधिमुलक सहभागिताका आधारमा प्रशिक्षण सञ्चालन गरिएको बताए ।

प्रशिक्षणमा संघका कार्य समितिसहित सुनचाँदी व्यवसायी संघ, किराना व्यवसायी संघ, रेडिमेड कपडा व्यवसायी संघ, मोवाइल व्यवसायी संघ, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, होटल व्यवसायी संघ लगायतका वस्तुगत संघका प्रमुख तथा प्रतिनिधिहरु सहभागि थिए । वाणिज्य संघको सभाकक्षमा सञ्चान गरिएको प्रशिक्षणमा जे.केवी एण्ड एशोसिएसटसका प्रमुख सहजकर्ता विदुर लुइँटेलसहित सहजकर्ताहरुले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठ, प्रथम उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रमा लिम्बु, लेखा समिति संयोजक खोमप्रसाद बगाले लगायतको उपस्थिती रहेको थियो ।
