दमक । झापाको दमकमा सानो प्रयास युवा समाज गठन गर्दै युवाहरु सामाजिक काममा सक्रिय भएका छ्न । वार्ड नम्बर ५ का युवाहरूको सक्रियतामा गठन भएको सो समाजमा ६० जना आवद्ध रहेका छ्न । सुरज श्रेष्ठको गठित सो समितिले दमक उध्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का समेतको सकृयतामा युवाहरुलाई सामाजिक काममा प्रेरित गर्दै हिजो र आज दमकमा नमुना मार्गका रूपमा बनाइएको दिपिनी मार्ग र आसपासको क्षेत्र सरसफाइ गरेका हुन । हिजो भृकुटी चोकबाट शुरु गरिएको सरसफाइका क्रममा आज हरिॐ कोलेनी सम्म पुगिएको छ । भोलि सो ठाउँबाट यलम्बर चोक हुँदै पुर्वपस्चीम राजमार्ग छुने ठाउँ सगरमाथा पेट्रोल पम्प सम्म सरसफाइलाई निरन्तरता दिइने सम्योजक श्रेष्ठले बताए । सो सस्थाले आफ्नो क्षेत्रमा अन्य सामाजिक कामहरु समेत गर्दै युवाहरू लाई समाजप्रती उत्तरदायी बनाउने बताइएको छ ।

Facebook Comments Box