गौरीगञ्ज शिक्षा समितिले भन्यो– अर्को सूचना नहुञ्जेल प्रत्यक्ष पठनपाठन नगराउनु

Author Nishkarsha News
२०७७ श्रावण २०, मंगलवार १३:५२

गौरीगञ्ज/ कोरोना संक्रमण फैलिईरहेको बेला शैक्षिक संस्थाहरु सञ्चालनका बिषयमा अन्योल छाएपछि तत्काल कुनै शैक्षिक संस्थाहरुको प्रत्यक्ष पठनपाठन नगर्न झापाको गौरीगञ्जमा गाउँ शिक्षा समितिले सूचित गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति संयोजक दिपिन्द्र थापाले हस्ताक्षर गरी आज जारी गरेको सार्वजनिक सूचनामा सो कुरा उल्लेख छ ।
सूचनामा भनिएको छ– हालको कोभिड १९ को बिषम परिस्थितिमा शैक्षिक संस्थाहरुमा प्रत्यक्ष पठनपाठन सम्भव नभएको यस परिस्थितिमा गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित सबै शैक्षिक संस्थाहरुले नेपाल सरकारबाट अर्को सूचना जारी नभए सम्म प्रत्यक्ष पठनपाठन नगर्न नगराउन सूचित गरिन्छ ।

(हेर्नुहोस सूचना जस्ताको तस्तै )

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्