दमक/   प्रदेश १ का विभिन्न ठाउँमा खोला नदीमा डुबेर एकैदिन तीन जनाको ज्यान गएको छ ।
भोजपुर , ईलाम र धनकुटामा डुबेर ३ जनाको मृत्यु भएको हो । भोजपुरको अरुण गाउँपालिका ७ का ३१ बर्षीय गोबिन्द कोईरालाको स्थानीय हङग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो भने ईलामको माई नगरपालिका २ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्बु जंगलको भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
आईतवार राती जिल्ला प्रहरी कार्यालय ईलाममा सो बारेमा जानकारी आएपछि थप अनुसन्धान शुरु गरिएको कार्यालयले जनाएको छ । त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका ३ की ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार दिउँसो साढे ४ बजेको समयमसा रघुवा खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।

Facebook Comments Box