दिनभर व्यवसायिक काम । राजनीतिक र सामाजिक जिम्मेवारी । कतिपय युवा व्यवसायीहरुको दैनिक कार्यतालिका आजभोली लगभग यस्तै हुन्छ ।
यस्तै पात्रहरु मध्येका एक हुन झापाको कमल गाउँपालिका वडा नं ६ का ४५ बर्षिय राजकुमार न्यौपाने । उनले दमकमा व्यवसायिक रुपमा अहिले चिसो पेय पदार्थको कारोबार गर्ने गरेका छन् । त्यसका बाबजुद राजनीतिक तथा सामाजिक जिम्मेवारीले हत्तपत्त फुर्सदनै पाउँदैनन राजकुमार । नेपाली कांग्रेसको तत्कालिन लखनपुर गाउँ सभापति र तरुण दल झापाको उपसभापति पदको जिम्मेवारी सम्हालिरहेका न्यौपाने सहकारी सञ्चालक पनि हुन् ।
न्यौपाने भन्छन – राजनीतिक जिम्मेवारी आफ्नै ठाउँमा छ संगसंगै व्यवसायलाई पनि अघि बढाउनु परेको छ । राजनीति गर्नेहरुले व्यवसायलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अघि नबढे भिख मागेका भरमा राजनीति गर्नुपर्ने परिस्थिती आउने न्यौपानेको बुझाई छ ।

यस्तो छ विगत
सामान्य खेती किसानी परिवारमा २०३२ साल मसिंर १८ गते इलामको मंगलबारेमा जन्मिएका न्यौपानेको राजनीतिक आस्था सानैदेखि प्रजातान्त्रिक व्यवस्थामा थियो ।
इलामको मंगलबारेस्थित भानुभक्त उच्च माविमा पढ्दै गर्दा २०४८÷०४९ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । उनलाई त्यसबेला कांग्रेसका स्थानीय नेता होम दुलालले संघको सदस्यता दिएका थिए ।
विद्यालय तहको पढाई सकेसंगै स परिवार झापाको लखनपुर बसाइँ आएका हुन न्यौपाने । लखनपुरमा उनको परिवार बसाइँ आएपछि प्रजातान्त्रिक आस्था विचार राख्ने अग्रज र समकालिनहरुसंगै संगत शुरु भयो । त्यसबेला प्रजातान्त्रिक आन्दोलनका एक सिपाही मध्येका स्व. हरि बहादुर राईको परिवारसंगै न्यौपाने र उनका परिवारका सदस्यहरुको परिचयसंगै उठबस शुरु भयो ।
०५१ सालमै नेविसंघ लखनपुर गाउँ समितिको सदस्यमा उनले जिम्मेवारी पनि पाए । ०५४ ÷ ०५५ तिर नेविसंघको लखनपुर गाउँ सभापति बनेका उनले त्यही बेला कांग्रेसको वडा सचिव पदमा पनि जिम्मेवारी पाए । भने विद्यार्थी संघको क्षेत्रीय समितिमा उपसभापतिको जिम्मेवारी पाए ।
१० बर्ष सम्म कांग्रेसको वडा सचिवमा जिम्मेवारी सम्हालेका न्यौपाने पार्टीको १३ औं महाधिवेशनबाट लखनपुर गाउँ सभापतिमा निर्वाचित भएका हुन् । संगसंगै उनी तरुण दल झापाको उपसभापति र पार्टीले बनाएको जिल्लास्तरीय संगठन विभागको सदस्यमा छन अहिले । पार्टीले स्थानीय तह पुनसंरचनासंगै गरेको पार्टी संगठन पुनसंरचनाका क्रममा तत्कालिन तोपगाछी र लखनपुर गाविस समायोजन भएपछि उनले पार्टीको निर्देशिका बमोजिम कांग्रेस कमल गाउँ समितिको सहसंयोजकको जिम्मेवारी पाएका छन् ।
पार्टी संगठनमा सक्रिय हुनु र आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नु फरक कुरा भएपनि यि दुवैलाई संगसंगै अघि बढाउनेमा छन उनी । घर परिवारको साथ हुँदा व्यवसाय र राजनीति दुवैलाई संगै अघि बढाउन सकिने उनको ठम्याई छ ।