रौतहट/रौतहटको राजपुर फरदहवा नगरपालिकाका मेयर शेख सकिललाई गाउँकै एक युवाले टर्च लाइटले प्रहार गरेर फरार भएका छन् । स्थानीय शेख कासिमले टर्चलाईटले प्रहार गरेर फरार भएका हुन ।
इद मनाउने तयारीमा मस्जिद पुगेका मेयर सकिललाई चन्दाको बाहना निकालेर आक्रमण गरिएको हो । उनको आँखामा चोट लागेको छ । मेयर सकिलले सुनियोजित तरिकाले आफू माथि आक्रमण भएको बताए । उनले पुरानो रिसइबि साध्न आक्रमण भएको बताए । गाउँलेको आग्रहमा पर्व मनाउने समय र तयारी बारे मस्जिदमा साँझ भेला हुने क्रममा मेयर सकिल पुगेका थिए । आक्रमणमा संलग्न नेषादले पर्वका बेला अली बढी रकम सहयोग दिनुपर्ने माग अघि बढाएका थिए । मेयर सकिलले यो बेला चन्दा माग्ने होईन भोली कार्यालयमा आउनु भनेका थिए ।
हातमा टर्च बोकेका उनले तत्कालै मेयर माथि जाई लागेको जिल्ला प्रहरी गौरले जनायो । आक्रमणकै बेला स्थानीयले छुट्याए लगत्तै नेषाद फरार भएका जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए ।