दमक/ पछिल्लो समय कर्मचारी र पत्रकारमाथि  मर्यादाको ख्यालै नगरी  एकैसाथ  जस्तो तीब्र आलोचनामा उत्रिएर चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले इटहरीमा चर्किएको विवाद बिषयमा नयाँ रहस्य खुलासा गरेका छन् ।

उनको समर्थन र विरोधमा पूर्व क्षेत्र तातिरहेका बेला मेयर चौधरी भने यतिबेला वन वातावरणसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा भाग लिन नेपालगन्ज पुगेका छन् । तत्कालिन नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेर निर्वाचन जितेका चौधरीले एक अनलाईन न्यूज पोर्टललाई दिएको अन्तरवार्तामा अहिले इटहरीमा चर्किएको विवादका पछाडी पार्टी भित्रको आन्तरिक गुटबन्दी रहेको खुलासा गरेका छन् ।
पार्टी भित्रकै केहि मानिसहरुले आन्तरिक गुटबन्दी गर्दै पत्रकारलाई प्रयोग गरी आफ्नो बद्नाम गराउन र आफूलाई असफल बनाउन खेल खेलेको पनि उनले आरोप लगाएका छन् ।

मेयर चौधरीले आफूले कारवाही गरेका कर्मचारी रामप्रसाद चापागाइँ समेत नेकपाका जिल्ला कमिटी सदस्य रहेका भन्दै अगाडी भनेका छन – पार्टी भित्र गुटबन्दी छ । पार्टीको हालत थाहा छँदैछ नि ! नेपाली पार्टीहरू कस्ता छन् थाहै छ । ती रामप्रसाद नेकपा सुनसरी जिल्ला कमिटी सदस्य पनि हुन् । उनले अन्तर्वातामा भनेका छन– कर्मचारीहरुमा घुसखोरी प्रवृत्ति बढेको छ । भ्रष्टाचारी कर्मचारी बढेकै हुन् । भ्रष्टचार रोक्न खोज्दा, घुसखोरी रोक्न खोज्दा सेटिङ मिलाएर भ्रष्टचार गर्नेहरू चिलबिलाएका छन् । त्यसकारण इटहरीबाट नयाँ तरंग फैलिएको छ । कर्मचारीप्रति थप आक्रोसित हुँदै उनले भनेका छन– बदमासी गर्छन् कर्मचारी, घुस खान्छन, कर्मचारी । बदनामी हुन्छ, इटहरी उपमहानगरपालिकाका हामी जनप्रतिनिधिको ।
मेयर चौधरीले कार्यालयका केहि कर्मचारीलाई बाहिर निकाल्ने चेतावनी पनि दिएका छन् । उनले त्यस्ता कर्मचारीको नाम अहिले सार्वजनिक नगर्ने भन्दै आफ्ना विरुद्ध लेख्ने पत्रकारलाई समेत नछोड्ने चेतावनी दोहोरयाएका छन् । अदालतप्रति अविश्वास राख्दै उनले न्यायका लागि अदालत जाँदा धेरैले अन्याय ब्यहोर्नु परेको र आफूलाई अदालत जाने फूर्सद समेत नभएको पनि तर्क गरेका छन् ।

Facebook Comments Box