दमक/ शिवसताक्षी नगरपालिका वडा नं ६ को वडा कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई घाम पानीबाट सुरक्षित राख्दै सेवा प्रदान गर्न प्रोत्साहन गर्ने उद्धेश्यले छाता र हाते ब्याग (झोला) प्रदान गरेको छ ।

वडाध्यक्ष मनोज खुलालका अनुसार सो वडामा क्रियाशील स्वयंसेविकाहरु गायत्रा मैनाली, कमला गुरागाइँ र देवी चौहानलाई ति सामग्री प्रदान गरिएको हो । ति सामाग्री वडा कार्यालय परिसरमा वडाध्यक्ष खुलालले हस्तान्तरण गरेका थिए । यस अघि वडा कार्यालयले स्वयंसेविकाहरुलाई साइकल पनि प्रदान गरेको थियो । यतिबेला कोरोनाको संक्रमणका कारण गाउँ गाउँमा जोखिम रहेको भन्दै घरदैलोमा पुगेर स्वास्थ्य चेतना लगायतका स्वास्थ्य सेवामा खटिन हौसला प्रदान गर्ने उद्धेश्यले ति सामाग्री प्रदान गरिएको वडाध्यक्ष खुलालले बताए ।