दमक । दमकमा करीब डेढ दसक अघि ट्र्याक्टर ब्यवसाय शुरु गरेका चन्द्र बहादुर गजमेरले आजदेखी शुभकामना मिनि मार्ट तथा मदिरा मल सन्चालनमा ल्याएका छ्न । दमक ६ स्थित मामा चोक नजिकै मुख्य सडकसगै जोडिएको आफ्नै घरको पहिलो तलामा सन्चालनमा ल्याइएको सो ब्यवसायिक फर्मको आज दमक उध्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उदघाटन गर्दै कठिन अवस्थाका बिच शुरु भएको सो ब्यवसाय दमकको ब्यवसायिक बिकास र आम उपभोक्ताको सहजताको लागि सहयोग सिद्ध हुने बिश्वास व्यक्त गरे । सो अवसरमा लायन्स क्लबका सदस्यहरु, स्थानीय सामाजिक तथा ब्यवसायिक ब्याक्तित्वहरुका साथै उपभोक्ताहरु सहभागी थिए । गजमेरले उपभोक्ताहरुलाई गुणस्तरीय दैनिक उपभोग्य सामानसगै कस्मेटिक तथा ब्रान्डेड मदिरा आईटम शुलभ मुल्यमा उपलब्ध गराउने बताए ।

Facebook Comments Box