बसमा लुटपाट गर्ने गिरोहका ४ जना पक्राउ

Author Nishkarsha News
२०७७ श्रावण १३, मंगलवार १२:१३

इटहरी/  बसमा चढेर यात्रुसंग नगद लुटपाट गर्ने ४ जनाको समुहलाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
श्रावण ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका ८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७,६०० चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक रोसी गाउँपालिका ३ का ३६ बर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका –५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका ८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका २ का २६ बर्षीय कमल लामा रहेका छन् ।
सो समुहले ईटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, लुटपाट गरी फरार भएको थियो । घटना लगत्तै खटिएको ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमवार दिउँसो तरहराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट नगद १२, ९०० बरामद भएको प्रहरीले जनाएको छ ।
सो समुह चोरी गर्नकै लागि काठमाण्डौबाट श्रावण ८ गते पुर्व तर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्