झापाको दमकमा आज महिला अधिकारकर्मीहरुले आफ्नो अधिकारका लागि मौन प्रदर्शन गरेका छन् ।

दमकको गणतन्त्र चोकमा भेला भएका महिला अधिकारकर्मीहरुले पछिल्लो समय पत्नीको विभत्स हत्या गर्ने पूर्व डिआइजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले गरेको फैसलाका विरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी महिलाहरुले मेरो शरिर मेरो अधिकार, हत्यारालाई सजाय देउ, नालायक चोलेन्द्र मुर्दाबाद लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कतिपय प्रदर्शनकारीहरुले मेरो ढाड मेरो अधिकार ….नारा ढाडमा लेखेर प्रदर्शन गरे । (हेर्नुहोस फोटो फिचर)

 

 

 

 

 

Facebook Comments Box