सुनसरी/ जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साह र उनकी श्रीमती सेवाग्राहीसंग असुलेको पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले वन कार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो ।

वन कार्यालयको बा २ झ ४१० नम्बरको गाडीमा घर जादैे गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । प्रहरीले गाडीमा लुकाई राखेको श्रोत नखुलेको ५ लाख ५३ हजार रुपैंयाँ बरामद गरेको छ । पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments Box