दमक/ राष्ट्रिय जनमुक्ति पार्टीले झापामा आजदेखि पार्टी संगठन सुढिढकरणसंगै भ्रष्टचार विरुद्धको राष्ट्रिय हस्ताक्षार अभियान शुरु गरेको छ ।
दमकबाट औपचारिक रुपमा शुरु गरिएको अभियान एक साता सम्म चल्ने पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगरले जानकारी दिए ।
अभियान शुभारंम्भका क्रममा पार्टीका केन्द्रीय सचिव पदम जवेगु, जिल्ला अध्यक्ष मगर ,बहुजातिय सांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष कैलाश थापा मगर ,पार्टीका नेता पदम कन्दङवा लगायतले देश विकासको मुख्य कारक भ्रष्टचार भएकाले त्यसलाई नियन्त्रण गर्न देशव्यापी हस्ताक्षार अभियानमा पार्टी उत्रिएको वताएका थिए । वक्ताहरुले भ्रष्टचारीलाई आजीवन कारावासको सजाय दिनुपर्ने औल्याएका थिए ।
दमकसहित सुरुङ्गा,विर्तामोड ,शनिश्चरे लगायतका स्थानहरुमा हस्ताक्षर अभियान सञ्चालन गरिने र त्यसक्रममा संकलित १० हजार बढी हस्ताक्षार सरकारलाई बुझाउने जिल्ला अध्यक्ष मगरले जानकारी दिए ।