दमक/ पूर्वी सीमा नाका काँकरभिट्टामा खटिएका १८ जना सशस्त्र प्रहरीलाई शुक्रबार एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नाका काँकडभिट्टाको सीमा सुरक्षार्थ खटिएका १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा ४८ जनामा गरिएको कोरोना परीक्षणमा १८ जनामा संक्रमण देखिएको हो ।
नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काँकडभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिनसक्ने भन्दै स्थानीय चिन्तित भएका छन् । यसअघि पनि दुईजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ ।