झापामा एकसहित थपिए प्रदेश एकमा १३ संक्रमित

Author Nishkarsha News
२०७७ श्रावण ८, बिहीबार १८:४१

दमक/ झापामा एक जनासहित प्रदेश १ मा बिहीबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार थपिएका संक्रमितहरुमा झापामा एक, मोरङमा ८, सुनसरी र धनकुटामा २/२ जना संक्रमित थपिएका प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । प्रदेश १ बाट बिहीबार १० जना डिस्चार्ज भएका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्