३९ औ बीपी स्मृति दिवसको अवसर पारेर आज नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ अन्तर्गतको प्रदेश क्षेत्र खले दमकमा बीपी बिचार सम्बन्धि गोष्ठी तथा बृक्ष्यारोपण गरेको छ । दमक नगर पार्टी कार्यालयमा आयोजना गरिएको सो कार्यक्रममा बक्ताहरुले बीपी कोइरालाले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनका अतिरिक्त अन्तर्राष्ट्रिय जगतमा पुर्याएको योगदानको प्रसंशा गरे ।
संघीय सम्सद सदस्य एवम काङ्ग्रेस नेतृ महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य र काङ्ग्रेस झापाका पुर्व सभापति पुर्णानन्द शर्माको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा माहासमिती सदस्यहरु सुरेस सुब्बा , शेर बहादुर भट्टराई , दिल बाहादुर बुढाथोकी, प्रदेश क्षेत्र खका प्रत्यासी एवं पुर्व माहासमिती सदस्य राजन बहादुर ढुंगाना, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई , क्षेत्र नम्बर ५ का सभापति ढुन्डीराज भण्डारी लगायतले महामानब बीपी कोइरालाले बीपी कोइरालाले देखाएको बाटोमा हिड्न सक्नुनै उहाप्रती सच्चा श्रदान्जली हुने बताए । कार्यक्रम प्रदेस क्षेत्र ख का सम्योजल पदम लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका स्थानीय नेता कार्यकर्ताहरु पार्टी अधिवेशन लक्षित भेटघाट र कुराकानीमा केन्द्रित भएका देखिन्थे ।


