तेह्रथुम / तेह्रथुम लालीगुरास–९ की ३६ बर्षीया अंजना लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।
आज दिउसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घर तर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई खोलाले बगाई बेपत्ता बनाएको थियो ।
बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा आज दिउसो सवा ३ बजे १ किलोमिटर तल खोलाको बिचमा काठमा अल्झिएको अबस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । साथै अंजनासंगै गएका उनका श्रीमान भने खोलाबाट निस्कन सफल भएका छन ।