विराटनगर/   बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर ६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेका छन । उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
हिजो साँझ साढे ६ बजे साईकलमा रहेका भारतिय नागरिक अनवरलाई विराटनगर १५ बाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए ।

Facebook Comments Box