दमक/ झापाको शिवसताक्षीस्थित सताक्षीधाम मन्दिर परिसरमा आज साउनको पहिलो सोमबार पहिलो पाइला नेपाल दमक शाखाको टोलीले सामुहिक रुपमा मन्दिर सरसफाई गर्नुका साथै करिब एक सय जनालाई निशुल्क मास्क वितरण गरेको छ ।

संस्थाका नवनिर्वाचित अध्यक्ष दिपक खड्काको नेतृत्वमा पुगेको करीब २० जनाको टोलीले रातीदेखिको भारी बर्षाका बाबजुद त्यहाँको मन्दिर परिसर र साधुसन्तहरुको बासस्थानमा पुगेर सरसफाई गरेर साधु सन्त तथा भक्तजनहरुका लागि ४०० प्रति मास्क र फलफुल समेत वितरण गरेको उपाध्यक्ष सुरेश बरालले जानकारी दिए । ति सामाग्री सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा र सचिव उदयप्रकाश राईलाई हस्तान्तरण गरिएको थियो । संस्थामा आवद्ध सदस्यहरुले बिहान पूजाआजा गर्नुका साथै प्रसाद स्वरुप फलफुल वितरण समेत गरेको संस्थाकी प्रथम उपाध्यक्ष निशा घिमिरेले बताइन् ।

कोरोनाको महामारीका बीच हालै सो संस्थाको नयाँ नेतृत्व निर्वाचित भएपछि संस्थाका उद्धेश्य अनुसार सामाजिक काममा सक्रियता बढाएको उपाध्यक्ष बरालले बताउनु भयो । संस्थामा दमक र आसपास क्षेत्रका करिब एक सय स्वयंसेवी युवाहरु आवद्ध भई विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।
