बेलबारी/ मोरङको बेलबारी १ स्थित आफ्नै घरको बरण्डाबाट लडेर एक युवकको ज्यान गएको छ ।
३५ बर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो राती पौने ९ बजे आफनै घरको बरण्डाबाट अचानक लडेर वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।