मोरङ/ मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि ठेक्का पट्टाका बिषयलाई लिएर आज कुटपिट भएको छ । कुटपिटमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे ११ बजे गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केरावारी गाउँपालिका १० का ३२ बर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठकुरीको साथबाट एक थान चक्कु र एक थान खुकुरी समेत बरामद भएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।