दमक/झापाको अर्जुनधारा नगरपालिका २ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ ।
बुधवार दिउँसो साढे ५ बजे बजारबाट किनमेल गरी घर फर्केका बस्नेतलाई टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको थियो । उनको शव करिब ६०० मिटर तल फेला पारेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Facebook Comments Box