मोरङको केरावारी गाउँपालिका २ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ ।
२७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाएको थियो । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएका आङवोलाई मृत अवस्थामा फेला पारेको थियो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ पोखरीयाकी ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् । आज बिहानै ४ बजे मर्निङवाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका ३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका ७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको हो ।उनको प्रहरी र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।