झापाको कमलमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Author Nishkarsha News
२०७७ असार ३०, मंगलवार १६:०६

दमक/  झापाको कमल गाउँपालिका–२ मिलन चोकमा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आज बिहान सवा १० बजे मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १ –०२–०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का ४१ बर्षीय केदारनाथ दाहाललाई उपचारको लागि लाईफ लाईन अस्पताल पठाईएकोमा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्