धनकुट / धनकुटाको चौबिसे २ की एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्थानीय ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको हो । आज बिहान ९ बजे चौबिसे २ मा सिचाईको लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको स्थानीयले प्रहरी चौकी मुढेबासमा जानकारी गराएका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।