संखुवासभा/ संखुवासभा सिलिचोङ गाउँपालिका १ बेसिन्दामा अबिरल बर्षाको कारण पहिरो जाँदा ९ घर बगाएको छ ।
ति घर बगाउँदा ११ जना बेपत्ता भएका छन । यसैगरी पहिरो पिडीतहरुको उद्धारमा खटिएका एक जनाको बेहोस भएर मृत्यु भएको छ ।
आज बिहानको राती २ बजे सिलिचोङमा पहिरो गएको खबर प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभामा प्राप्त भएको प्रहरीले जनाएको छ । सो लगत्तै प्रहरी टोली घटनास्थल तर्फ गएको थियो । प्रहरीले २ जना स्वास्थ्यकर्मी र स्थानिय मानिस सहित उद्धारमा खटिएको अवस्थामा हाल सम्म ५ जनालाइ उद्धार गरेको जनाएको छ । उद्धारमै खटिएको अवस्थामा स्थानिय २५ बर्षीय मदन राईको आज बिहान सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । वेपत्ता ११ जनाको खोजी जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।