ईलाम / ईलामको माई नगरपालिका १ पालटारमा खेत जोतेर फर्र्किदै गरेको ट्रयाक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक माई नगरपालिका १ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार ११ बर्षीय बालक नितेश गिरीको मृत्यु भएको हो ।
हिजो दिउँसो भएको सो घटनाका घाईतेको उपचारका लागि झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । अर्का घाईते १९ बर्षीय समिर बिश्वकर्माको बि.एण्ड. सी. अस्पतालमा उपचार भईरहेको छ ।